Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

उपनिर्वाचन

सुहाङ नेम्वाङले पाए इलाम २ मा एमालेबाट टिकट

उद्घोष सम्वाददाता
११ चैत २०८०, आइतवार

विराटनगर । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेद्दवार बनेका छन् । सुहाङलाई उम्मेद्दवार बनाउन सचिवालय बैठकले निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।

सुहाङ एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्बाङका कान्छा छोरा हुन हुन् । सुवासको निधनपछि एमालेले छोरा सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको हो ।

एमालेले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केही मात्रामा आशाको सञ्चार भएको बताए ।

उनले सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा गर्ने लगायतका काममा ठोस सङ्कल्प गरेको बताए ।

View : 414

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved