Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

जनताबाट गुनासो सम्बोधन गर्न मेयर कोइरालाको निर्देशन

उद्‌घोष सम्वाददाता
१६ कार्तिक २०८०, बिहिवार

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक जनताको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

बुधबार महाशाखा र शाखा प्रमुखहरूको नियमित बैठकमा मेयर कोइरालाले जनताबाट गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । महाशाखा र शाखाअन्तर्गतको जिम्मेवारीलाई योजनाबद्ध रुपमा समयमै सम्पादन गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिए । 

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा भएको बैठकमा महाशाखा र शाखा प्रमुखहरूले आˆनो शाखा तथा महाशाखाको कार्यप्रगति र आगामी योजना प्रस्तुत गरेका थिए । 
 

View : 238

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved