Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पोलिटेक्निकका विद्यार्थीलाई अभिमुखिकरण

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

विराटनगर । दक्ष प्राविधिक बनेर देशमै आफ्नो क्षमता देखाउन आग्रह गर्दै मनमोहन पोलिटेक्निकले इञ्जिनियरिङतर्फका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । 

बुधबार हात्तीमुढास्थित कलेजमा एक कार्यक्रम आयोजना गरी सिभिल, आईटी, मेकानिकल, इलेक्ट्रिक र इलेक्ट्रिोनिक्स इञ्जिनियरिङका नयाँ विद्यार्थीहरुलाई देश सुहाउँदो इमान्दार दक्ष जनशक्ति बन्न आग्रह गर्दै अभिमुखिकरण गराएको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सिनेट सत्यनारायण चौधरीले पढेर मात्र हैन गरेर दक्ष बनेर देशमै सेवा दिन नयाँ विद्यार्थीहरुलाई आग्रह गरे । 

अर्का संरक्षण समिति सदस्य राजन केसी, सिनेट सदस्य बलभद्र सरदार र कासिम मियाँले पढेर देशमै रोजगार हुन सकेमात्र नागरिकहरुको कर्तव्य पूरा हुने बताए ।

मनोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ तथा एप्लाइड हेल्थ साइन्सकी डिन डा. रेखा शर्माले देशमा भएका सक्षम विज्ञ इञ्जिनियरहरुको पृष्ठभूमि पनि डिप्लोमा तहमा अध्यन गरेको भएकाले पोलिटेक्निकमा पढ्ने विद्यार्थीहकरु पनि भविष्यमा सफल इञ्जिनियर बन्नसक्ने बताइन् ।

मनोहन पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले पोलिटेक्निकले सधंै दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय र व्यवहारिक पठनपाठनमा प्राथमिकता दिएकै कारण चार पटकसम्म देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए ।

भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखि मेकानिकल इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल अनि क्रमशः सिभिल र आईटी इञ्जिनियरिङमा तीन वर्षे डिप्लोमा सञ्चालन गर्दै आएको मनमोहन पोलिटेक्निक हाल कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालयका रुपमा रहेको छ ।

View : 98

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved