Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नेपाल हब पुरुष टि–२० क्रिकेट : राजविराज र विराटनगर विजयी

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर । नेपाल हब पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा राजविराज र विराटनगर विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेशन र कोशी प्रदेश क्रिकेट संघको आयोजनामा विराटनगर–६ स्थित मेरिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको टि–२० हब क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।

पहिलो खेलमा राजविराज हबले इटहरी हबलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै राजविराज तेस्रो स्थानमा रहेको छ । राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

सोमबार राती वर्षा भएपछि १० ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेकोे इटहरीले ९ विकेट गुमाई विकेट गुमाई ५१ रन बनाएको थियो । 

इटहरीका आयुस पोखरेलले १८ रन बनाउँदा मुकेश यादवले १३ रन बनाए । राजविराजका निरज सुनरैतले २ विकेट लिंदा सुमित इसर र अजय यादवले पनि २–२ विकेट लिए ।

५२ रनको लक्ष्य पाएको राजविराजले ९ दशमल २ बलमा ५ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजका प्लेयर अफ म्याच रोहन विकले अविजित ४० रनको योगदान गरे । इटहरीका विशाल गोसाइले २ विकेट लिए ।

दोस्रो खेलमा विराटनगर हबले उदयपुर हवलाई २६ रनले पराजित गरेको छ । 

जितसँगै विराटनगर ४ अंकका साथ शिर्ष स्थानमा रहेको छ । विराटनगरले खेलेकोे दुवै खेलमा जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८५ रन बनाएको थियो । 

विराटनगरका आकाश यादवले ३८ रन बनाउँदा सोहेव आलमले १७ रन बनाए । उदयपुरका सविन खड्काले ३ विकेट लिंदा कुलबहादुर सिग्देल र प्रयास चौधरीले समान २ विकेट लिए ।

८६ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५९ रनमा सिमित भयो । उदयपुरका चन्द्रविर दासले १८ रन जोड्दा कुलबहादुर सिग्देलले १० रनको योगदान गरेका थिए ।

विराटनगरका प्लेयर अफ म्याच देवराज झाले ४ विकेट लिँदाअरुण मण्डल र मनिष कामतलेसमान २ विकेट लिए ।

View : 338

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved