सुन्दरहरैंचा । बालबालिका क्षेत्रमा काम गर्दै आएका किवानिस क्लव सुन्दरहरैंचाले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । सुन्दरहरैंचा–३ स्थित जननी आधारभूत विद्यालयका २५ जना विपन्न परिवारका विद्यार्थीलाई स्विटर, कापी, सीसाकलम, इलेजरलगायत सामग्री वितरण गरेको किवानिस क्लव सुन्दरहरैंचा अध्यक्ष पार्वती गच्छदारले जानकारी दिइन् ।
विद्यालयका प्रध्यानाध्यापक निला कार्की भण्डारीका अनुसार विद्यालयको भौतिक संरचना जीर्ण रहेको र बर्खायाममा पानी चुहिने, झ्याल मर्मत हुन नसक्दा जाडोमा चिसो हुने र गर्मीमा टिन तातिदा रुखमुनि पढाउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताइन् । विद्यालयका संस्थापक अध्यक्ष रुद्रप्रसाद पोखरेलले स्थानीय सरकारले कुनै चासो नदिंदा विद्यालयको अवस्था दयनीय भएको बताए ।
सो अवसरमा किवानिस क्लबका शाखा सभापति (च्याटर प्रेसिडेन्ट) बिकास बजगाई, निवर्तमान अध्यक्ष शंकर बजगाईं, विद्यालय व्यस्थापन समिति अध्यक्ष कमल खवास, शिक्षक र विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved