विराटनगर । मकालु बहुउद्देश्यीय सहकारी संस्था विराटनगर–९ को शनिवार सम्पन्न २९ औ साधारणसभाले नन्दीकेशर भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रमेशकुमार दाहाल, सचिवमा डिल्लीप्रसाद धिमाल र कोषाध्यक्षमा अर्जुनकुमार भट्टराई छन् । त्यसैगरी सदस्यहरुमा रीता रेग्मी, इश्वरी कार्की, भानु लुइटेल, रिना हाडा र खडानन्द पराजुली छन् ।
साधारणसभाले मीनकुमार आचार्यको संयोजकत्वमा भोलानाथ बराल र रञ्जना न्यौपाने सदस्य रहने गरी ३ सदस्यीय लेखा समिति चयन गरेको छ ।
साधारण सभामा चार विधाका उत्कृष्टलाई सम्मानसमेत गरेको छ । जेष्ठ शेयर सदस्य लक्ष्मी प्रधान र शारदाप्रसाद गिरी, उत्कृष्ट बचतकर्तामा कृष्णगोपाल श्रेष्ठ र असल ऋणीमा ऋषि राईलाई सम्मान गरिएको थियो ।
दुई करोड २१ लाख शेयर पूँजी र नौ सय ८७ शेयर सदस्य रहेको संस्थाको आव २०८०–८१ को १४ करोड बराबरको आयव्यय बिवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशसभाका सांसद खड्गबहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्षहरु रमानाथ भट्टराई, तारा निरौला, सप्तकोशी विकास बैंकका कोशी प्रदेश प्रमुख दिनेशकुमार पोख्रेल र सुगम सहकारी संस्थाकी झुमा निरौलाले शुभकामना ब्यक्त गरेका थिए ।
View : 39
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved