विराटनगर । नेकपा एमाले मोरङले कात्तिक १४ गते बुधबार चियापान कार्यक्रम गर्ने भएको छ । एमालेले हरेक वर्ष बडादशैं, तिहार, छठ लगायतका प्रमुख चाडपर्वहरूको मौका पारेर चियापान कार्यक्रम गर्दै आएको छ ।
यस वर्षको चियापान कात्तिक १४ गते बुधबार बिहान ११ बजेदेखि पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरिने एमाले मोरङका सचिव रविन थापाले जानकारी दिए ।
चियापान कार्यक्रममा पार्टीको तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रमुख आतिथ्यता गर्ने उनले बताए ।
सचिव थापाले चियापान कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको बताए । उनले चियापानमा यस पटक पाँच हजार जनालाई निम्तो पत्र बाँड्ने काम धमाधम भइरहेको बताए ।
चियापानमा मोरङका १७ वटै पालिका कमिटी, समाजका अग्रज एवं प्रतिष्ठित व्यक्तिहरू र अन्य पार्टीका नेताहरूलाई समेत आमन्त्रण गरिएको उनले जानकारी दिए ।
चियापान कार्यक्रम भव्य बनाउन सिंगो जिल्ला कमिटी र जनसङ्गठनहरू तयारीमा जुटेको सचिव थापाले बताए ।
View : 226
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved