Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा

ठिप्परको ठक्करबाट महिलाको मृत्युपछि उर्लाबारी तनावग्रस्त

उद्घोष सम्वाददाता
१७ असार २०८१, सोमवार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ की २८ बर्षीया सीता बोहोराको टिपरको ठक्करबाट सोमबार साँझ मृत्यु भएको छ । उनका छोरा ८ वर्षीय प्रशान्त बोहोरा गम्भीर घाइते भएका छन् । 

सोमबार साँझ करीव साढे ६ बजेतिर भएको घटनापछि आक्रोसित समुहले ठक्कर दिने टिपरलाई भगाएको आरोपमा ढुंगामुडा गरेका छन् । उनीहरुले उर्लाबारी चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । 

उर्लाबारी–मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी–६ स्थित सिसौली चोकमा बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपरलाई नियन्त्रण लिएर जनप्रतिनिधीहरुको रोहबर बिना नै घटनास्थलबाट मृतकको शव उठाएको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् ।

घटनापछि आक्रोसित बनेका स्थानीयले पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरेका छन् । अहिले उर्लाबारीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

View : 247

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved