विराटनगर । उद्घोषकर्मी सुरेश अधिकारीले यस वर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको अवसरमा बिहीबार १७ हजार रुपैयाँ राशिको उक्त पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गरिएको हो ।
लेटाङबाट सक्रिय रुपमा पत्रकारिता गर्दै आएका अधिकारीलाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले नगद र सम्मानपत्र प्रदान गरेका हुन् ।
मन्त्री पराजुलीले संविधान र लोकतन्त्रको रक्षाका निम्ति पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले प्रदेश सरकारले पनि पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारिता क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताए ।
विराटनगरमा ढुवानी व्यवसाय सञ्चालन गर्दै सामाजिक क्षेत्रमा सक्रिय रहेका स्व.कृष्णप्रसाद सिग्देलको स्मृतिमा प्रेस चौतारी मोरङले २०७१ सालदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
View : 172
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved