Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आणविक हतियारविरुद्ध शिक्षादीपमा विद्यार्थीहरूले सुनाए कविता

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले आणविक हातहतियारको प्रयोग र परीक्षणको विरोधमा कविता सुनाएका छन् । 

अगस्ट २९ अर्थात आणविक हतियार परीक्षण विरुद्धको दिवशको अवसरमा शुक्रबार कलेजको सभाहलमा आयोजित कविता प्रतियोगितामा ६० जना विद्यार्थीहरूले आणविक हतियार, यसको प्रयोग र निश्शस्त्रीकरण सम्बन्धि चेतनामुलक कविता बाचन गरेका हुन् ।

कलेजको विज्ञान शंकाय अन्तरगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले ‘शान्तिको लागि निश्शत्रीकरण’ विषयमा प्रतियोगितात्मक रुपमा कविता प्रस्तुत गरेका थिए ।

उक्त कविता प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत सिरिन भट्टराईले प्रथम स्थान हाँसिल गरेकी छन् । त्यस्तै अलिसा सापकोटा द्वितीय र मानसी मनोहर तथा प्रतिक भट्टराई तृतीय घोषित भएका छन् । प्रतियोगितामा सभ्यता रायमाझी, अपेक्षा राई, जस्मिन ढुंगाना, सुदिस साह, पंकज साह, मुस्कान खातुन, सहिष्णुता वराल, सम्राज्ञी बस्नेत र पूर्णिमा बुढाथोकीले सान्त्वना स्थान सुरक्षित गरे ।

कलेजका चिफ अफ डाइरेक्टर रमेश मण्डल, निर्णायकमा रहेका कवि चुडामणि नेपाल ‘आकिन्चन) र कलेजका अंग्रेजी विभागका निर्देशक डा. विमल किशोर श्रीवास्तवले प्रथमदेखि सान्त्वना स्थल हाँसिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कार र पुस्तकहरू वितरण गरेका थिए ।

कलेजले आणविक हतियारबारे सचेतनाका लागि विगतदेखि नै अगष्ट २९ का दिन कविता प्रतियोगिता आयोजना गर्दै आएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले बताए । 

View : 942

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved