विराटनगर । विराटनगरस्थित बूढानीलकण्ठ अंग्रेजी माविले विभिन्न कार्यक्रम गरी यस वर्षर्को ढाका टोपी दिवस मनाएको छ ।
सो कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरूले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोपी लगाएका थिए । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको ऊक्त कार्यत्रममा स–साना नानीहरूदेखि ठूला कक्षासम्मका विद्यार्थीहरूले नेपाली टोपीको महत्व झल्काउने गीतहरूमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने नाटक प्रदर्शन गरिएको थियो ।
टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरूको विद्यालय परिसरबाट सुरु गरेको मार्चपास तिनपैनी, पानीटंकी, दुर्गाचोक र बजारमार्ग हुँदै पुनः विद्यालय परिसरमा आएर समापन गरिएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराई जानकारी दिए ।
View : 108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved