विराटनगर । विराटनगर–१० स्थित अर्किड पब्लिक स्कुलले २६ औं बार्षिक अभिभावक दिवस मनाएको छ ।
साढे सात सय बढी विद्यार्थी अध्ययनरत अर्किडमा शनिबार विविध कार्यक्रमका साथ अभिभावक दिवस मनाइएको हो ।
विद्यालयका अध्यक्ष अमित ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालीग्राम दाहाल, विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले शुभकामना दिए ।
विद्यालयका प्राचार्य मनिश भट्टराईले अर्किड स्कुलले गुणस्तरीय शिक्षामा सम्झौता नगर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अर्किड पब्लिक स्कुलका निर्देशक दिपेश बाँस्तोलालगायत अभिभावकहरूको उपस्थिति थियो ।
अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरूले भने विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अर्किडमा अध्ययन गरी उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरू मञ्जिल दाहाल र अभिनव दत्तलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved