Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मंगलमका पाइप ‘ढुक्क जिन्दगीभर’

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर । पाइप तथा फिटिङ्स उत्पादनमा मंगलम् इन्डष्ट्रिज मुलुककै अग्रणी कम्पनीमा पर्दछ । नेपालका कुनै पनि त्यस्ता हार्डवेयर पसल नहोलान् जहाँ मंलगम्को पाइप तथा फिटिङ्सका सामान नपाइएको होस् । 

विराटनगरमा जारी विराट ट्रेड एक्स्पोको हल २ को स्टल नं. ९९ र १०० मा मंगलम्ले आफ्नो उपस्थिथि जनाएको छ । उक्त स्टलमा भेटिएका कम्पनीका एरिया सेल्स म्यानेजर ध्रुव निरौला मंगलमले पाइप तथा फिटिङ्सका सबै प्रकारका सामग्री उत्पादन गर्दै आएको बताउँछन् ।

उनका अनुसार मंगलम् नेपालमै सबैभन्दा पहिलो सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्ने कम्पनी हो । 

कम्पनीले खानेपानी, सिँचाइ तथा ड्रेनेजका लागि प्रयोग हुने पाइपहरू, इलेक्ट्रिक कन्डुक्ट पाइप, विभिन्न प्रकारका पाइप फिटिङ्सलगायतका सामग्री उत्पादन गर्दै आएको छ । इलेक्ट्रिक कन्डुक्ट पाइपले सर्ट सर्किटबाट बचाउन सहयोग गर्ने उनले बताए ।

निरौलाका अनुसार मंगलम्का पाइपहरू प्रयोग गर्नुअघि प्रेसर टेस्ट गर्नुपर्ने हुन्छ, जसबाट पाइपले पानीको कति दबाब सहन सक्छ भन्ने सुनिश्चित हुन्छ । 

पाइपको पानी सहन गर्ने क्षमता फरक–फरक हुने भएकाले गुणस्तर परीक्षणलाई कम्पनीले विशेष प्राथमिकता दिएको उनले बताए ।

हाल मंगलम् इन्डष्ट्रिजका देशभर ४० वटा डिस्ट्रिब्युटर र ३५ सयभन्दा बढी डिलर रहेका छन् । ‘ढुक्क जिन्दगीभर’ भन्ने नाराका साथ गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको मंगलमले पाइप तथा फिटिङ्सका लगभग सबै सामग्री आफ्नै उत्पादनमा समेटेको जनाएको छ ।

कम्पनीले गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी सामानहरू उत्पादन गर्ने जनाएको छ । 

यसका सबै उत्पादनहरू आईएसओ ९००१ः २०१५ प्रमाणित छन् भने मंगलम्को सीपीभीसी पीभीसी र एचडीईपी पाइप आइएसओ साथ साथै नेपाल गुणस्तर एनएस पनि प्रमाणित रहेको कम्पनीका एरिया सेल्स म्यानेजर निरौलाले बताए ।

View : 94

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved