Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

करार प्रशिक्षक नियुक्तिमा खुल्ला प्रतिष्पर्धा नगराएपछि प्रदेश खेलकुदविरुद्ध आन्दोलनको तयारी

बुधबार आफूहरू ध्यानार्कषण पत्र लिएर बोर्डका कार्यालयमा जाँदा कोही पनि नभेटिएकाले कार्यालय सहयोगीलाई बुझाएर फर्किएको उनको भनाइ छ । त्यसपछि मुख्यमन्त्री कार्यालयमा जानकारी दिन जाँदा  त्यहाँ कोही पनि नभेटिएको थापाले बताए ।
उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

बोर्डका कर्मचारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै थापा । तस्वीर: उद्घोष

विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले करार प्रशिक्षकमा खुल्ला प्रतिस्पर्धा नगराई राजनीतिक फहुँचका व्यक्तिहरुलाई नियुत्त गर्ने तयारी गरेको बताइएको छ ।
बोर्डले गर्न लागेको नियुक्तिविरुद्ध खेल क्षेत्रका व्यत्तिहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

बोर्डले आइतबार बिभिन्न खेलका प्रशिक्षकको सर्टलिष्टमा नाम सार्वजनिक गर्दा तीमध्ये केही खेलकुद नै छाडेका त केहीको खेलमा योगदान नै नभएकाहरू परेको खेल क्षेक्रका व्यत्तिहरूले बताएका छन् । 

खुल्ला प्रतिस्पर्धा गराउन माग गर्दै उसु खेलका चार जना स्वयमसेवक प्रशिक्षकले मंगलबार बोर्डमा ध्यानाकर्षण पत्र बुझाएका छन् । अन्यथा बिरोधका कार्यक्रम लिएर निस्कने उनीहरूको चेतावनी छ । स्वयंसेवकका रुपमा खेलाडीलाई उसुको प्रशिक्षण दिइरहेका धनकुटाका खेमराज थापा, इटहरीका दिपेन चाम्लिङ, पूर्वराष्ट्रिय खेलाडी भोजपुरका शर्मिला राई र विराटनगरका पिन्टु मोचीले पत्रमा हस्ताक्षर गरेका छन् ।

बोर्डका सदस्य सचिवलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाइएको छ । बोर्डले वैशाखदेखि असारसम्मका लागि करारमा बिभिन्न खेलका प्रशिक्षक नियुक्तिको प्रकृया सञ्चालन गरेको छ ।

धनकुटा घर भए पनि इलाममा गएर लामो अवधि स्वयंसेवक प्रशिक्षक बनेर काम गरेका थापाले बोर्डले जस्ता सुकै प्रशिक्षक नियुक्त गरे पनि खुल्ला प्रतिस्पर्धा नगरेको बताए ।

थापा कवर्डहल निर्माणका लागि धनकुटामा चार रोपनी जग्गादान गरेका व्यक्ति पनि हुन् । बुधबार आफूहरू ध्यानार्कषण पत्र लिएर बोर्डका कार्यालयमा जाँदा कोही पनि नभेटिएकाले कार्यालय सहयोगीलाई बुझाएर फर्किएको उनको भनाइ छ । त्यसपछि मुख्यमन्त्री कार्यालयमा जानकारी दिन जाँदा  त्यहाँ कोही पनि नभेटिएको थापाले बताए ।

उनीहरूले बुधबार नै प्रेस विज्ञप्ति जारी गरेर बोर्डले बनाएको सर्टलिष्ट सच्याएर योग्यता पुगेका र खेलमा योगदान गरेका आधारमा प्रतिस्पर्धी छनौट गर्न माग गरेका छन् ।

माग पूरा नभए बोर्ड बिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । भोलेन्टियर्स प्रशिक्षकहरूले रितपूर्वक निवेदन दर्ता गराएको विज्ञप्तिमा जनाइएको छ ।

View : 244

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved