Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महाधिवेशन प्रतिनिधि चयन

पोखरेल र अधिकारीलाई कार्यकर्ताले रुचाए

उद्‌घोष संवाददाता
१५ मंसिर २०८२, सोमवार

विराटनगर । एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा क्षेत्र नम्बर २ का दुई एमाले नेता कार्यकर्तामाझ लोकप्रिय देखिएका छन् । 

यसअघि उमागौरी कृषि सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा नाम जोडिएर विवादित बनेका सार्वजनिक लेखा समितिका पूर्व सभापति ऋषिकेश पोखरेलले कार्यकर्ताको सर्वाधिक मत प्राप्त गरेका छन् । उनले १२३८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

सो सहकारीमा पोखरेल पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य रहेको समयमा बचतकर्ताको रकम हिनामिना भएको आरोप लागेको थियो । 

पोखरेल निकट रहेका उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र पत्नी कोइरालामाथि अहिले पनि अदालतमा मुद्दा विचाराधिन अवस्थामा छ । 

सहकारी घोटाला प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका पोखरेललाई एमालेका कार्यकर्ताले उनी निर्वाचित भएको क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा अनुमोदित गरेका हुन् ।

त्यस्तैगरी, कोशी प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका लिलाबल्लभ अधिकारी पनि सोही क्षेत्रबाट महाधिवेशन निर्वाचित भएका हुन् । 

किर्ते कागजात बनाएका असम्बन्धित व्यक्तिहरूलाई जापान पु¥याउन सहयोग गरेको आरोप लागेपछि अधिकारीले मन्त्री पदबाटै राजिनामा दिनुपरेको थियो । 

सो प्रकरणमा मुछिएर विवादित बनेका अधिकारीलाई उनको निर्वाचन क्षेत्र २ (२) बाट एमाले कार्यकर्ताहरूले महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेका छन् । 

मोरङ–२ मा एमालेका ३ हजार ३३४ संगठित सदस्य मतदाता रहेका थिए भने २ हजार ११२ मत खसेको थियो ।

View : 389

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved