विराटनगर । मोरङ र झापाका तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१७ की १९ बर्षीया अनिता बैठालाई विराटनगर–१५ बाट १९.३३ ग्राम खैरो हेराइनसहित पक्राउ गरेको हो । सो कारोबारमा संग्लग्न विराटनगर–१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजुसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै पथरी शनिश्चरे –४ बाट स्थानीय ३३ बर्षीय चित्रकुमार रपाल (बिक) लाई २५ ग्राम खैरो हेरोइन, बिभिन्न कम्पनीका–५ थान मोबायल र डिजिटल तराजु –१ थानसहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोइनसहित मंगलवार दिउँसो पक्राउ गरेको हो ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved