Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एनसेल प्रयोगकर्तालाई कफीको चुस्कीमा छुट

उद्‌घोष संवाददाता
३ वैशाख २०८३, बिहिवार

विराटनगर । एनसेलका ग्राहकहरूले अब कफीको चुस्कीसँगै आकर्षक छुट सुविधा पाउने भएका छन् । 

एनसेल र  हिमालयन जाभा कफीबीच भएको सहकार्यअन्तर्गत नयाँ वर्ष २०८३ देखि देशभरका सबै आउटलेटमा विभिन्न अफरहरू लागू गरिएको छ ।

सो अफरअनुसार, रु ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट दिइनेछ ।

त्यस्तै, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै प्रकारका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । 

अन्य ग्राहकहरूका लागि पनि रु ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान सक्रिय भएमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यस सहकार्यले ग्राहकहरूलाई व्यस्त जीवनशैलीबाट केही समय निकालेर आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

‘हामीले ग्राहकहरूलाई जीवनका साना खुसीहरू साट्न थप अवसर दिन खोजेका छौं,’ उनले बताए ।

यस अफरको प्रयोग गर्न कुनै जटिल प्रक्रिया आवश्यक नरहेको कम्पनीले जनाएको छ । 

ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ भित्र गई आफनो योग्यता हेरेर सहज रूपमा छुट लिन सक्नेछन् । 

एउटा बिलमा एउटा मात्र छुट लागू हुने व्यवस्था गरिएको छ । हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले पनि यस सहकार्यले नेपालभरका कफीप्रेमीहरूलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेका छन् ।

View : 136

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved