Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गोलीले मारिएका युवाहरूलाई सम्झिंदै जेनजीले गरे दीपप्रज्वलन (फोटो)

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । जेनजी समुहको प्रदर्शनका क्रममा सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका युवाहरूको शोकमा विराटनगरका विभिन्न स्थानमा स्मृति सभा गर्दै दीप प्रज्वलन गरिएको छ ।

पुष्पलाल चोक, फुटबल चोक, भट्टाचोक, तीनपैनी लगायतका स्थानमा जेनजी समुहले दीपप्रज्वलन गरेका हुन् । त्यसैगरी इटहरीको मुख्य चोकमा पनि अहिले साँझ दीप प्रज्वलन गरिएको छ ।

सुन्दरहरैंचामा पनि युवाहरूले शोकसभा गरेका छन् । उनीहरूले पनि चोकमा दीप प्रज्वलन गरेका हुन् । 

शोक सभामा बोल्दै जेनजी समुहका अगुवाहरूले प्रहरीको ज्यादतिको विरोध गरेका छन् । 

उनीहरूले भ्रष्ट्राचारमुक्त मुलुक बनाउन स्कुलको ड्रेसमा सडकमा उत्रिएको पुस्तालाई राज्यले गोली हानेको भन्दै आक्रोस पनि पोखेका छन् ।

View : 602

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved