विराटनगर, १९ कात्तिक : नेपाल टी–२० विश्वकप छनोटको फाइनलमा ओमानसँग पराजित भएर उपविजेतामा सिमित भएको छ । यद्यपि नेपालको विश्वकप यात्रा भने यूएईसँगको अघिल्लो खेल जितेसँगै तय भइसकेको छ ।
नेपाल र ओमानबिचको खेलको नतिजाका लागि सुपर ओभरसम्म कुर्नुपर्यो । निर्धारित २० ओभरको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङमा उत्रिएको थियो । ओमानसामू नेपालले उत्कृष्ट स्कोर १८४ बनाउँदै १८५ रनको लक्ष्य दिएकोमा ओमानले पनि अन्तिम बलमा १८४ रन जोडेपछि खेल सुपरओभरमा पुगेको थियो । तर सुपरओभर नेपालको पक्षमा रहेन ।
ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन जोड्न सक्यो । नेपाल उपविजेतामा सिमित बन्यो ।
पहिलो ब्याटिङमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । ओमानले बराबरीका लागि ९ विकेट गुमाएको थियो ।
विजेता ओमानका लागि ओपनर कश्यप प्रजापतीले ५२ बलमा सर्वाधिक ६३ रन बनाए ।
खेलमा नेपालको सुरुवात भने राम्रो थिएन । ओपनर आसिफ शेख ६ रनमै आउट हुँदा नेपाल दवावमा थियो । तेस्रो नम्बरको ब्याटिङ लयमा सन्दीप जोरा पुगेकोमा उनी पनि १० रनमै बोल्ड भए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रन जोडे । कुशल मल्ल पनि ३ रनमात्रै आउट भए । त्यसपछि ब्याट सम्हालेका विवेक यादव मात्र १ रनमा पेभिलियन फर्किएका थिए ।
नेपालका लागि गुल्सन झा र कप्तान रोहित पौडेल दुवैले भने अर्धशतकको पारी खेलेका थिए ।
नेपाल छनौट चरणको उपविजेता बनेपनि आगामी बर्ष २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टि-२० विश्वकपमा स्थान भने सुरक्षित गरेको छ ।
View : 133
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved