विराटनगर । विराटनगरस्थित अरनिको स्कुलले विझिन्न कार्यक्रम आयोजना गरी ४७ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यत्रममा विराटनगरका मेयर नागेश कोइराला, स्कुलका सञ्चालक भरतराज दाहाल र प्राचार्य राजेश कार्कीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए ।
सो अवसरमा विद्यार्थीहरूले नृत्य, गायन, नाटक मञ्चन गरेका थिए ।
वार्षिक उत्सवको अवसर पारेर जेहन्दार विद्यार्थीहरूलाई पुरस्कृत पनि गरियो । अरनिको कलेजका पूर्व विद्यार्थी दिपस थापाले स्कुलमा स्थापना गरेको १८ लाखको अक्षय कोषबाट दुई जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । उक्त कोषबाट प्रकाश मण्डल र इछिन्सा राईले पूर्ण छात्रवृत्ति पाएका छन् ।
यसैगरी दुई विद्यार्थीलाई जनही १० हजार र थप दुई विद्यार्थीहरूलाई जनही पाँच हजार पुरस्कार दिइएको थियो । नीलहरि भण्डारीले स्थापना गरेको अक्षयकोषबाट भने सबल दाहाललाई छात्रवृत्ति प्रदान गरिएको छ ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved