Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विश्व खाद्य दिवसमा अभियानमुलक प्रर्दशन

उद्घोष सम्वाददाता
४ कार्तिक २०८०, शनिवार

विराटनगर : विश्व खाद्य दिवसको अवसरमा एशियाका साना कृषकहरुसाग ऐक्यबद्धता जनाउदै दिगो खाद्य प्रणालीको मागसहित विराटनगरमा अभियानमुलक प्रर्दशन गरिएको छ । 

दिगो विकास इन्ष्टिच्युट, जागरण विराटनगर, राजसती र सर्वदा महिला सहकारी संस्थाका सदस्यहरु लगायत कृषि अभियान्ताहरुले भेला आयोजना गरेर विराटनगरस्थित रोडशेष चोकमा प्रर्दशन गरेका हुन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

सो भेलामा सहभागीहरुले स्थानीय खाद्य प्रणाली, कृषि जनताका लागि, नाफाका लागि होइन, खाद्य र जलवायु न्याय विना लैगिंक न्याय सम्भव छैन, साना किसानको उन्नति देशको प्रगति, विषादीरहित कृषि अबको आवश्यकता, जहाा छ फाइदामुखी कृषि त्यहाा पर्यावरणको बर्बादी, हाम्रो माग जलवायु उत्थानशील खाद्य प्रणाली लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशनी गरेका थिए ।

सहभागीहरुले मुख्यमन्त्री तथा कृषि मन्त्रालयमा किसानको स्थानीयता, स्वतन्त्र र दिगो खाद्य उत्पादनलाई समर्थन गर्न साना किसानका उत्पादनलाई प्राथमिकता दिन र साना किसानमुखि नीतिहरु बनाउन आग्रह समेत गरेका थिए ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved