Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

हर्क साम्पाङलाई कारबाहीको माग गर्दै प्रशासन घेराउ

उद्घोष सम्वाददाता
१९ असार २०८१, बुधवार

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा कारबाहीको माग गर्दै धरानका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय सुनसरी घेराउ गरेका छन् । धरान–१३ का स्थानीयवासीले प्लेकार्डसहित प्रशासन कार्यालय परिसरमा मंगलबार घेराउ गर्दै धर्ना दिएका हुन् ।

अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न प्रदेश सरकारको बजेटबाट ग्याबिन वाल लगाइएको थियो । तर मेयर साम्पाङले आफूलाई जानकारी नदिई लगाएको र बस्ती जोखिम भएको भन्दैं केही दिन अघि नगर प्रहरी परिचालन गरि सो संरचना भत्काएका थिए ।

त्यसको विरुद्ध स्थानीय बासिन्दाले मेयर र नगर प्रहरीविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए । प्रशासनले हालसम्म पनि उजुरीको कुनै सुनुवाई नगरेको भन्दै धरानबाट ठुलो संख्यामा सदरमुकाम इनरुवा पुगेका स्थानीयहरुले धर्ना दिएका हुन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए । प्रमुख जिल्ला अधिकारी तिवारीले पर्खाल भत्काएको विषयमा छानबिन भैरहेको जानकारी दिए । मेयर साम्पाङले खोला थुन्ने काम भएकाले पर्खाल भत्काएको बताउदैं आएका छन् ।

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved