विराटनगर । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन् ।
सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु¥याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएलआइटी जयपुरबाट इन्जिनियरिङमा स्नातक हासिल गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनको प्रमुख कार्यक्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजनावित्त रहेका छन् ।
उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए ।
View : 70
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved