Biratnagar, Morang, Nepal
२० कार्तिक २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

नरेश श्रेष्ठ मेमोरियल यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

अन्तिम खेलमा कोशी पराजित, पाँचौँ खेलमा कर्णालीको जित

उद्घोष सम्वाददाता
१९ कार्तिक २०८१, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आफ्नो अन्तिम खेल पनि हारेको छ । प्रतियोगितामा पहिलो पटक कर्णालीले पाँचौँ खेल जितेको छ ।

मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमसँग कोशी प्रदेशले १२३ रनले पराजित भयो ।

टस जितेर ब्याटिङ रोजेको सूदुरले ४७ दशमलव ४ बलमा अलआउट हुँदै १८३ रन बनायो । सूदुरका सुवराज खत्रीले ४४ रन बनाउँदा अभिषेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै विपिन महतोले पनि २ विकेट लिएका थिए ।

१८४ रनको लक्ष्यका लागि जवाफी ब्याटिङमा उत्रिएको कोशीले २२ दशमलव ३ बलमा अलआउट बन्यो । कोशीले मात्र ६० रन बनायो । 

कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न सकेनन् । यो खेलसँगै कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा लज्जास्पद पराजय ब्यहोर्नु परेको हो ।

प्लेयर अफ द म्याच घोषित सुदूरपश्चिमका सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र खर्चिएका थिए । नरेन भट्टले पनि ४ विकेट लिए । सूदुरले लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपनि त्यसपछिका सबै पाँच खेल जित्दै १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

कोशीले खेलेको ६ खेल मध्ये कर्णालीलाई मात्रै जितेको छ । बाँकी पाँच खेलमा भने पराजित हुँदै लिगको अन्तिम दोस्रो बनेको छ ।

यसैबीच, सोमबार नै बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशविरुद्ध पहिलो जित दर्ता गरेको छ । कर्णालीले लिगको पाँचौं खेलमा मधेसलाई ४७ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा सवै विकेट गुमाउँदै १३३ रन बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान गरे । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।

१३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सबै विकेट गुमाई ८६ रनमा समेटियो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । 

कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरीले ३ विकेट लिए । 

मंगलबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेश तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा बागमतीकर्णालीबीच अन्तिम लिग खेल हुने जनाइएको छ ।

फाइनल भने लुम्बिनी र सुदूरपश्चिमबीच बुधबार हुनेछ ।

View : 40

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved