विराटनगर । जनजागृति कवि धरणीधर कोइरालाको १३२ औं जन्मजयन्तीको विराटनगर उनको शालिकमा माल्यार्पण गरी कविता वाचन गरी मनाइएको छ ।
विराटनगर–११ र १२ को सीमा पञ्चमूखी चोकमा रहेको धरणीधरको शालिकमा माल्यार्पण गरिएको थियो ।
बुधबार गरिएको कार्यक्रममा आयोजक धरणीधर पुरस्कार प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला, महासचिव शिव कोइराला, नेका विराटनगर–११ का सभापति रामसुन्दर राजवंशी, नेकाका नेता दामोदर कोइराला, वडा सदस्य गायत्री थापा लगायतले धरणीधरको शालिकमा माल्यार्पण गरेका थिए ।
माल्यार्पण पछि उनको कविता वाचनसमेत गरिएको थियो ।
View : 637
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved