Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बुढीगंगामा राष्ट्रपति रनिङ शिल्ड, सरस्वती मावि बन्यो प्रथम

उद्घोष सम्वाददाता
२६ माघ २०८०, शुक्रवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पालिकास्तरीय पाँचौ अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  १५ स्वर्ण पदक हाँसिल गर्दै बुढीगंगा–६ को सरस्वती माध्यमिक विद्यालयले प्रथम भएको छ ।

यस्तै वडा नम्बर ७ स्थित लक्ष्मी माध्यमिक विद्यालय ७ स्वर्ण पदकसहित दोस्रो र वडा नम्बर २ को जेभियर्स सेकेण्डरी बोर्डङ स्कुलले ६ स्वर्ण पदकसहित तेस्रो स्थान हाँसिल गरेको छ ।

यसैगरी प्रतिभा पहिचानतर्फ प्रथम हुने विद्यार्थीलाई नगद १० हजार,दोस्रो हुनेलाई ७ हजार ५ सय र तेस्रो  हुनेलाई नगद ५ हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयीहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार र शिवम अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र राउतले पुरस्कार, शिल्ड, पदक हस्तान्तरण गरे ।

प्रतियोगितामा एथलेटिक्स, कराँते कबड्डी र भलिबल खेलमा विद्यार्थी खेलाडीहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।

यस्तै प्रतिभा पहिचानतर्फ नृत्य, वक्तृत्वकला, गायन र चित्रकला विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका सामुदायिक र संस्थागत गरी १६  विद्यालयका १३ सय विद्यार्थीले सहभागिता जनाएका थिए । 

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved