Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार महासंघ कोशीमा निर्वाचितहरूले सम्हाले पदभार

उद्‌घोष सम्वाददाता
१२ पुष २०८१, शुक्रवार

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबारदेखि पदभार सम्हालेका छन् ।

प्रदेश निर्वाचन समितिको आयोजनामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बिहीबार नै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महासंघ कोशीका नवनिर्वाचित अध्यक्ष भरत खड्कासहित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले कमजोरी गरेमा सच्चिन तयार रहेको बताए ।

उनले सामाजिक सञ्जालको प्रयोग गरेर मुलुकको राजनीतिक प्रणालीलाई नै क्षति पु¥याउने काम भइरहेको भन्दै पत्रकार महासंघले लोकतन्त्रको रक्षाका लागि काम गर्नुपर्ने बताए ।

‘सरकारले गरेका राम्रा काम र प्रयासलाई सहयोग पनि गर्नुपर्छ, लेखिदिनु पनि पर्छ, कमजोरी भए देखाइदिनु पनि पर्छ, हामी पनि सच्चिन तयार छौं’ उनले भने, ‘सत्यतथ्यलाई बाहिर ल्याउनैपर्छ, डोकोले सरकार छोप्नुपर्छ भनेको छैन ।’

कार्यक्रमका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरकारले माघे संक्रान्ति सकिएलगत्तै हिउ“दे अधिवेशन बोलाउने र सोही अधिवेशनमा प्रदेशको मिडिया सम्बन्धी कानुनलाई टेबुल गर्ने जानकारी दिए । उनले मिडियाले रचनात्मक प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

प्रदेश निर्वाचन समितिका संयोजक यज्ञ शर्माको अध्यक्षतामा आयोजित पद हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमाल, पत्रकारहरूका पेशागत संघ संगठन नेता लगायतले नवनिर्वाचितहरूलाई शुभकामना दिएका थिए ।

सोही अवसरमा महासंघका निवर्तमान कार्यसमितिले कोशी प्रदेश समितिको भवन निर्माणका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली, कोशी प्रदेश सरकारमा पूर्वआन्तरिक मामिला तथा योजना मन्त्री शमशेर राई र उपेन्द्र घिमिरेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

View : 84

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved