विराटनगर । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले आइतबार राती र सोमबार बिहान गरी तीनवटा ट्रकमा आगजनी गरेका छन् ।
साइबर अपराधसम्बन्धि कसुरको आरोपमा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले झापा बन्द समेत आह्वान गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै सोमबार बिहानै उनीहरूले सुरुङ्गामा ट्रकमा आगजनी गरेको जनाइएको छ ।
ट्रकमा आगजनीपछि राजमार्गमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति करिव ११ बजेतिर बिरिङ पुल नजिकै युपी ५७ एटी ४४९३ नम्बरको मालबाहक ट्रक प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए । मोटरसाइकलमा रहेको समुह आगजनीपछि फरार भएको जनाइएको छ ।
सोमबार बिहान प्रसाईँका समर्थकहरूले थप दुईवटा ट्रकमा आगजनी गरेको जनाइएको छ ।
बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट नजिकै डब्लु बी ७३ ई ३०५७ नम्बरको अर्को मालबाहक ट्रकमा पनि उक्त समुहले आगजनी गरेको प्रहरीले जनाएको हो ।
आगजनीका क्रममा ट्रकका चालक भारतकै सिलगुडीका कुमार महतोको हात जलेर घाइते भएको जनाइएको छ । प्रहरीले आगजनीमा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ ।
प्रहरीले बन्दको प्रभाव नरहेको दाबी गरेको छ ।
View : 169
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved