विराटनगर । मानव स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्रमा असुरक्षित भएर कार्य गर्दै आएकोमा अबका दिनमा सुरक्षित रुपमा कार्य गर्ने वातावरण बन्ने किसिमको स्वास्थ्य सम्वन्धी ऐन बन्नु पर्नेमा सरोकार वर्गले जोड दिएका छन् ।
आइतबार विराटनगरमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको आयोजनामा विराटनगरमा ‘स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन), २०७९ सम्बन्धि प्रचार फ्रसार तथा अन्तरक्रिया कार्यत्रम सहभागीहरुले चिकिन्सकहरुले आफ्नो कार्यक्षेत्रमा निर्धक्क कार्य गर्न पाउनु पर्नेमा जोड दिएका हुन् ।
सो कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा फरवार्ड सिलवाल, महासचिव डा राजेन्द्र चौधरी, सहसचिव डा सुनिल रेग्मी, डा नारायण कुमार, डा शंकर अधिकारी, पत्रकार मोहन मानन्धर लगायतले आफ्नो धारणा राखेको थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी, अस्पताल व्यवस्थापन प्रतिनिधि एवं नेपाल चिकित्सक संघका पदाधिकारी एवं आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।
View : 435
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved