प्रतिनिधिसभा निर्वाचनः
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको मतगणनामा १६० वटा निर्वाचन क्षेत्रमा जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १६ क्षेत्रमा विजयी भएको छ ।
शनिबार विहानसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवारले १०१ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् ।
आयोगका अनुसार रास्वपाबाट कोशी प्रदेशमा मोरङको क्षेत्र नं ४ मा सन्तोष राजवंशी र मोरङ ६ मा रुविना आचार्य निर्वाचित भएका छन् ।
मधेस प्रदेशको धनुषा ३ मा मनिषा झा निर्वाचित भएका छन् ।
बागमती प्रदेशको काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश अन्तरगत कास्की निर्वाचन क्षेत्र नं २ मा उत्तम प्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ र स्याङ्जा १ मा धनन्जय रेग्मी निर्वाचित भएका छन् ।
लुम्बिनीको रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी भएका छन् ।
आयोगका अनुसार हालसम्म २२ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ ।
जस अन्तरगत नेपाली कांग्रेसबाट तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेक बहादुर गुरुङ, मुस्ताङमा योगेन्द्र गौचन थकाली र दैलेखमा बासना थापा निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट बाँके २ मा मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन् ।
नेकपाबाट रुकुम पूर्वमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved