Biratnagar, Morang, Nepal
९ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

रिजाल प्रतिष्ठानद्वारा पुरस्कार वितरण

उद्‌घोष संवाददाता
९ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान, विराटनगरले २०८२ सालको नगेन्द्रप्रसाद–आशालता रिजाल सामाजिक सेवा पुरस्कार तथा नगेन्द्रप्रसाद–आशालता धर्मसंस्कृति पुरस्कार वितरण गरेको छ ।

आइतबार आयोजित विशेष कार्यक्रममा वित्तीय, शिक्षा तथा सामाजिक सेवामा दिएको योगदानको कदरस्वरूप अनिलकेशरी शाहलाई नगेन्द्रप्रसाद–आशालता रिजाल सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । 

यस्तै, संस्कृत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय, नारायणपुर–सुनसरीलाई नगेन्द्रप्रसाद–आशालता धर्मसंस्कृति पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि नगद एक लाख रुपैया“ र सम्मानपत्र रहेको छ । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की,  वन, पर्यटन  तथा वातावरण मन्त्री भीम पराजुली, प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सचिव कविराज न्यौपाने लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

View : 10

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved