Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

साफ महिला च्याम्पियनसिप

नेपालले माल्दिभ्सविरुद्ध खेल्दै, साम्बाले पनि खेल्ने

उद्घोष सम्वाददाता
५ कार्तिक २०८१, सोमवार

विराटनगर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा सोमबार नेपालले माल्दिभ्सविरुद्ध खेल्दैछ । नेपालले सोमबार साढे साँझ ५ बजे आफ्नो दोस्रो खेल माल्दिभ्सविरुद्ध खेल्न लागेको हो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालबाट सावित्रा भण्डारी (साम्बा) मैदान उत्रिने जनाइएको छ । उनी दोस्रो खेल खेल्न फ्रान्सबाट आइतबार राती नेपाल उत्रिएकी छन् ।

साम्बा फ्रान्समा जारी लिग फुटबलमा ‘इएन अभान्ट गुइग्याम्प’ बाट खेलिरहेकी छन् । उनले शनिबार मात्रै स्ट्रासवर्ग विरुद्धको खेल महत्वपूर्ण दुई गोल गर्दै गुइग्याम्पलाई ३–२ ले जित दिलाएकी थिइन् ।

साफ वुमन्स च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध साम्बा बिनै नेपाली टोली मैदानमा उत्रिएको थियो । उक्त खेलमा नेपाल बराबरीमा रोकिनु परेको थियो ।

नेपाल जारी साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा समूह ‘बी’ मा रहेको छ । साम्बाले आजको खेल खेलेमा जितको खोजीमा रहेको नेपाललाई ठुलो राहत हुनेछ ।

नेपाली महिला फुटबल टोलीकी डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाही भुटानसँगको खेलमा चोटग्रस्त बनेका कारण आजको खेलमा नेपाललाई थप उर्जाको जरुरी छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा चिनिएकी साम्बा आजको खेलमा हुने उपस्थितिले नेपाली टोलीलाई नै ठुलो उर्जा भरिने छ । किनभने नेपाललाई माल्दिभ्सविरुद्धको आजको खेल जित्नैपर्ने दवाव छ ।

सोमबारको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४–१ ले पराजित गरेका कारण समेत नेपालले आजको खेल जित्नुपर्ने भएको हो ।

अघिल्लो खेलमा माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले अंक जोडिसकेको छ ।

भुटानसँगको बराबरीबाट नेपालले भने एक अंक मात्रै बटुलेको छ ।

View : 75

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved