Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
वातावरण

वनमन्त्रीको उपस्थितिमा काटियो राजमार्गमा रुख

उद्घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीकै उपस्थितिमा बुधबार कानेपोखरी गाउँपालिकाको सीमा क्षेत्रभित्र परेका रुखहरु कटान गरिएको छ । 

हाल दुई लेन पूर्वपश्चिम महेन्द्र राजमार्गलाई विस्तार गरी चार लेनको ‘एशियन हाइवे’ बनाउने योजना अनुसार सडक छेउका रुख कटान सुरु भएको हो । हाइवे निर्माणका क्रममा सडक छेउमा रहेका १२ हजार भन्दा बढी रूख कटान हुँदैछन् ।

मन्त्री उप्रेतीले हाइवेको पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका थिए । राजमार्ग विस्तारका लागि रुख काट्नु स्वाभाविक भएको तर रुख काट्नकै लागि बाटो बन्नु भने ठिक नभएको बताएका थिए । 

कोशी प्रदेशभित्रको राष्ट्रिय सडक सञ्जाल तयार गर्न रुख कटान लगायतका आवश्यक काममा प्रदेश सरकारले सहजीकरण गर्ने मन्त्री उप्रेतीले बताए । उनले एशियन हाइवेलाई गौरबको आयोजनाका रुपमा अघि बढाउनु पर्ने र कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने सुझाव दिए ।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर लम्बाई रहेको हाइवे निर्माण हुने सडक आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनले अब बन्ने हाइवे चौडाइ ११ मिटर हुने बताए । 

एशियन हाइवे निर्माणका लागि नेपाल सरकारले एडीबीबाट २८ अर्ब १७ करोड रुपैयाँ लिएको छ । झापादेखि सुनसरीसम्मको सडकमा ७१ वटा नयाँ पुलसमेत निर्माण हुने जनाइएको छ ।

View : 100

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved