रंगेली : ‘लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान’ इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली–७ स्थित मिनिल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलको समन्वयमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रमको आयोजना गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीकबीच सुमधुर सम्बन्धको विकास र समुदाय–प्रहरी सम्बन्ध सुदृढीकरण गर्ने ऊद्देश्यका साथ एकदिने कार्यक्रम गरिएको हो । कार्यत्रमको अवसरमा विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत १२० छात्रछात्राहरूको समेत सहभागिता थियो ।
सो अवसरमा इलाका प्रहरी कार्यालय परिसरभित्र विभिन्न जातका सयवटा विरूवाहरू रोपिएको छ । विद्यालयले प्रहरी कार्यलयमा रहेको पुस्तकालयलाई २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरू समेत दिएको छ ।
कार्यक्रमको शिलशिलामा शिक्षक तथा विद्यार्थीहरूलाई सो कार्यालयको विभिन्न शाखाहरू अवलोकन गराई लैंगिकहिंसा, जबरजस्ती करणी, बालयौन दुरूपयोगलगायतका समस्याहरूको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा विद्यालयका प्राचार्य प्रतीक कार्की, दिपिका दहाल, प्रविना राजबंशी, अम्विका पोख्रेल, अनुपा अधिकारीलगायत शिक्षक तथा शिक्षिकाहरूको समेत सहभागिता थियो ।
View : 201
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved