सुन्दरहरैंचा : सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायना ढकालले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छन् ।
सायनाले आफ्नो १३ औं जन्मदिनको अवसरमा सुन्दरहरैंचा–९ मा रहेको स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् ।
पाथीभरा स्वतन्त्र महिला समाजको संयोजनमा सायनाले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको पाथीभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन् ।
आफ्नी छोरी सायनाको जन्मदिनमा गरिने फजुल खर्च भन्दा यसरी न्यानो कपडा वितरण गर्न पाउदा खुसी लागेको अध्यक्ष सुनिताले जानकारी दिइन् ।
View : 281
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved