Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरमा जुवा खेलिरहेका चार जना पक्राउ

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट गाईघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब ५ बजे त्रियुगा नगरपालिका–४ डाँडाटोलस्थित ईश्वर कार्कीको गोठघरमा छापा मारेर जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ का ५० वर्षीय तिलक बुढाथोकी, वडा नम्बर ११ का ३९ वर्षीय भवनाथ सिग्देल, ४० वर्षीय प्रविन राई र वडा नम्बर ९ का ४३ वर्षीय दीपक बराल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएका १६ वटा कौडा, नगद ५२ हजार ६ सय रुपैयाँ, पाँच थान मोबाइल फोन र चार थान मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

View : 28

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved