Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

उद्घोष सम्वाददाता
५ मंसिर २०८१, बुधवार

काठमाडौँ, ५ मङ्सिर । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ ।

जिसपले  विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ । “सम्पूर्ण राजनीतिक दलमा निर्वाचन आचारसंहिता २०७८ को पालना गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्दछौँ”, जिसपद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

विसं २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाअध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा यही मङ्सिर १६ गते आइतबार उपनिर्वाचन हुँदैछ । बालबालिकालाई दलगत प्रयोग भएको विषय उठान गर्दा बालसंवेदनशीलता अपनाइने कुराको सुनिश्चितता गर्नुपर्ने माग पनि जिसपले गरेको छ । रासस

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved