Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङद्वारा दशैंको मुड, सबै गुड अफर घोषणा

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

विराटनगर । दशैंको खुशी भावना मनाउन विश्वभरको अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर दसैंको मुड, सबै गुड अफर सार्वजनिक गरेको छ ।

जसमा टीभी र होम अप्लायन्समा आकर्षक मूल्य अफर रहेको छ । सो अफर भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुनेछ ।

अफर अन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड÷एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

दसैं, परिवारसँग घरमै ठूलो पर्दा र राम्रो ध्वनिको रमाइलोसँगै सामसङका विश्व नम्बर १ टिभीहरुमा ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाउने छन् । छानिएका ७५ र ८५ इञ्च मोडेलमा साउन्डबारसमेत दिइने भएकाले होम थियटर अनुभव अझै पूर्ण गर्न सक्ने बताइएको छ । 

टी, ए, बी, सी, डी र एफ सिरिजका योग्य टिभीमा तीन वर्षको पूर्ण वारेन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

View : 272

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved