Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

गुणस्तरीय अनुसन्धानमा जोड

पूर्वाञ्चल विश्वविद्यालयमा एमफिलप्रति आकर्षण

"अब एमफिल अध्ययन गर्ने विद्यार्थीले आफ्नो नाम फेसबुकमा होइन, गुगलमा खोज्दा भेटिने गरी स्तरीय शोधपत्र र अनुसन्धानमूलक कार्यमा लाग्नुपर्छ।" — प्रा.डा. राधेश्याम प्रधान
उद्‌घोष संवाददाता
१० चैत २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित एमफिल  र पीएचडी  कार्यक्रममा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ ।

पछिल्लो समय ख्यातिप्राप्त प्राज्ञहरूको प्रत्यक्ष संलग्नता र प्राज्ञिक गुणस्तरका कारण पूर्वी नेपालमा यो कार्यक्रम अनुसन्धानकर्ताहरूको रोजाइमा परेको हो ।

मंगलबार विराटनगरस्थित व्यवस्थापन क्याम्पसमा एमफिल तहका नयाँ विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी तथा विज्ञहरूले अनुसन्धानको महत्त्वमाथि प्रकाश पारेका थिए ।

विज्ञहरूको संलग्नताले बढायो गरिमा

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा प्रेमराज पन्त र त्रिविका प्रथम एमफिल निर्देशक प्राडा माधवराज कोइराला, प्राडा राधेश्याम प्रधान, प्राडा दुर्गानन्द चौधरीलगायतले विज्ञको रूपमा योगदान दिंदै आएका छन् । यसले गर्दा यहाँको शोधपत्र (थेसिस) प्रस्तुती र प्राज्ञिक अभ्यासको स्तर उच्च रहेको मानिन्छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु थपलियाले हाल व्यवस्थापन संकायमा मात्र सीमित रहेको एमफिल कार्यक्रमलाई छिट्टै अन्य संकायहरूमा पनि विस्तार गरिने घोषणा गरे ।

उल्लेख्य कुरा के छ भने, डा. थपलिया स्वयंले व्यवस्थापन संकायको संस्थापक निर्देशक रहँदा याे कार्यक्रमहरूको सुरुवात गरेका थिए ।

प्रा.डा. राधेश्याम प्रधानले भने  "अब एमफिल अध्ययन गर्ने विद्यार्थीले आफ्नो नाम फेसबुकमा होइन, गुगलमा खोज्दा भेटिने गरी स्तरीय शोधपत्र र अनुसन्धानमूलक कार्यमा लाग्नुपर्छ ।"

नयाँ ब्याचमा २० अध्येता सहभागी

यस वर्ष एमफिल कार्यक्रममा २० जना नयाँ अध्येताहरू भर्ना भएका छन् ।

भर्ना हुनेहरूमा एलिस खनाल, सुजन पराजुली, अनुरुप ढुंगेल, अशोककुमार राई, विस्तृत दंगाल, दीपककुमार अग्रवाल, दीपिका नुन्दी, कृष्ण गुप्ता, लीला राई, मनोज बोहरा, मुकेश राई, पुण्यप्रभा सुब्बा, राजन यादव, ऋषिकुमार खनाल, रोजन थापा, सदीक्षा खड्का, सागर ओझा, सागर पोखरेल, सम्भव लामा र सोमनाथ आचार्य रहेका छन् ।

कार्यक्रममा व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठ, प्रा.डा. दुर्गानन्द चौधरी, डा. उत्तमकुमार रेग्मी, क्याम्पस प्रमुख डा. रमाकान्त दास, र  सोनिला शाक्य,  प्राडा जीवनकुमार ढकाललगायतले  मन्तव्य राख्दै नयाँ विद्यार्थीहरूलाई प्राज्ञिक सफलताको शुभकामना दिएका थिए ।

View : 1196

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved