Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश आमसञ्चार विधेयक पारित

उद्‌घोष संवाददाता
२४ चैत २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । 

विधेयकको संशोधन प्रस्तावमाथि छलफल भई तयार भएको प्रतिवेदन न्याय प्रशासन तथा विधायन समितिका तर्फबाट सभापति कमला दर्नालले सभामा प्रस्तुत गरिन् । सो प्रतिवेदन पारित भएपछि विधेयकलाई पारितका लागि निर्णयार्थ पेश गरिएको थियो । 

विधेयक पारित भएसँगै कोशी प्रदेश सरकारले प्रदेशभित्र पत्रकारको क्षमता विकास र मिडियाको संस्थागत विकासका लागि काम गर्न प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बाटो खुलेको छ । 

यसअघि उक्त विधेयकमा पत्रकारलाई जरिवाना गर्ने र प्रेस स्वतन्त्रतामा सङ्कुचन ल्याउने गरी केही व्यवस्था उल्लेख गरिएको भन्दै विरोध भएको थियो । 

सरकारले सो व्यवस्थालाई संशोधन गरेपनि विधेयक प्रदेश सभाबाट पारित भएको हो ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved