विराटनगर : थारु कल्याणकारिणी सभा विराटनगर महानगर कार्यसमितिले विराटनगरमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । सभाले थारु समुदायबाट एसईई र स्नातक तह उत्तीर्ण गर्ने मेधावी विद्यार्थीलाई पुरस्कार र सम्मान समेत गर्ने जनाएको छ ।
सभाले बिहीबार पत्रकार सम्मेलन गर्दै १६ वर्षदेखि ३० वर्ष उमेर समूहका थारु युवायुवतीको विशेष सहभागितामा शनिबार पाँच किलोमिटरको सडक दौड प्रतियोगिता आयोजना गर्ने महानगर कार्यसमितिका सभापति विद्यानन्द माझीले जानकारी दिए ।
विराटनगरको पानीट्यांकी चोकदेखि ठुलोमिल हुँदै बरगाछी र त्यहाँबाट दुर्गाचोक हुँदै पुनः तिनपैनी चोक आएर दौड प्रतियोगिता समापन हुने जनाइएको छ । प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
महानगर कार्यसमितिले ‘हमर संस्कृति, हमर पहिचान, थारुके एकता आजुके आवश्यकता, थारुके एकता हमर सियाके प्रतिबद्धता’ लगायतका नारासहित कात्तिक १८ गते शनिबार नेपालीहरूको महान चाड वडा दशैं, गोठाले, दिपावली(सुखरात) तथा छठ पर्वको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमहरू समेत गर्न लागेको जनाइएको छ ।
सोही अवसरमा मोरङ जिल्लाका थारु जातीका राष्ट्रसेवक वहालवाला र पूर्वकर्मचारीसहित बैंक, वित्तीय संस्था, प्राधानाध्यापक, शिक्षक, इन्जिनियर, डाक्टर, साहित्यकार, लेखक, खेलाडी, व्यापारीसहित अझियन्ताहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ । साथै बृहत खुल्ला रत्तदान पनि गरिने सभापति माझीले बताए ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved