विराटनगर । सौगात प्रकाशन प्रालिद्वारा प्रकाशित उद्घोष दैनिक आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ ।
२१ औं वार्षिकोत्सवका अवसरमा उद्घोष दैनिकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आज सोमबार विराटनगरको सिटी पार्टी प्यालेसमा विशेष कार्यक्रम गर्दैछ ।
विराटनगरबाट प्रकाशित हुँदै आएको उद्घोष दैनिक कोशी प्रदेशमा सर्वाधिक बिक्री हुने पत्रिका हो । प्रेस काउन्सिलको वर्गीकरणमा लगातार ‘क’ वर्गमा रहेको यस दैनिकले डिजिटल मिडियाको अभ्यासलाई पनि त्यतिकै प्राथमिकता अनलाइन संस्करण ‘उद्घोषडेली डटकम’ बाट निष्पक्ष र जवाफदेही पत्रकारिताको मानक कायम गरेको छ ।
पत्रिकाले ‘सत्यको शंखघोष, दैनिक उद्घोष’ भन्ने नारा बोकेर छापा माध्यममा २० वर्षे यात्रा पूरा गरेको छ । पत्रकारिताको अवधारणामात्रै होइन, पाठक र समाजको विश्वास बोकेर उभिएको यस दैनिकको २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी, व्यवसायी, पाठक र शुभचिन्तकहरूको उपस्थिति रहनेछ ।
उद्घोष दैनिक स्थापनादेखि नै स्थानीय पत्रपत्रिकाको श्रीवृद्धि र सवलीकरणमा पु¥याएको योगदानलाई कदर गर्दै ‘उत्कृष्ट विज्ञापनदाता सम्मान’ उद्योगी महेश जाजूलाई प्रदान गरिने प्रबन्ध निर्देशक बन्धु पोखरेलले जानकारी दिएका छन् ।
वार्षिकोत्सवकै अवसरमा गीत संगीतका माध्यमबाट देश विदेशमा ख्याती कमाइसकेकी अनिता सोनीलाई उद्घोष विशेष नारी सम्मान गरिने भएको छ ।
त्यसैगरी उद्घोष दैनिकका सम्वादाताहरू बाबुराम भण्डारी र मणिराम दाहाललाई उत्कृष्ट सम्वाददाता सम्मान प्रदान गरिने भएको छ ।
उत्कृष्ट कर्मचारी सम्मान श्रीकृष्ण चौधरीलाई प्रदान गरिने जनाइएको छ । त्यसैगरी कठिन परिस्थितिमा उद्घोष दैनिकलाई नियमित रुपमा मुद्रण गरी पाठकसमक्ष पुर्याउन योगदान गर्ने हंसबाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रालिलाई विशेष सम्मान गरिने निर्णय भएको प्रबन्ध निर्देशक पोखरेलले बताएका छन् ।
View : 650
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved