विराटनगर । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र भारतको हरियाणास्थित दिल्ली एनसीआर फरिदावादमा रहेको अमृता हस्पिटलबीच सहकार्य सुरु भएको छ ।
न्यूरोले अस्पताल स्थापनाको रजत जयन्तीका अवसरमा अमृता हस्पिटलसँग सहकार्य अघि बढाएको जनाएको छ । जसका माध्यमबाट न्यूरो अस्पतालबाट न्यूरोलोजी सेवालाई अझ बिशिष्टीकृत गर्दै पल्मोनरी (फोक्सो तथा स्वासप्रश्वास) सेवाको विस्तार गर्न ठूलो सहयोग पुगेको जनाइएको छ ।
सो अवसरको जानकारी दिन शनिबार अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट प्राडा सञ्जय पाण्डे र वरिष्ठ विशेषज्ञ डा. सौरभ पाहुजा लगायतको उपस्थितिमा आयोजिन पत्रकार सम्मेनलमा न्यूरो अस्पतालले सहकार्यको थालनीको घोषणा गरेको हो । अमृता अस्पताल २६०० शय्याको भारतकै सवैभन्दा ठूलो गैरसरकारी अस्पताल रहेको जनाइएको छ ।
न्युरो अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट र डा. सुनन्द पौडेल लगायतले यस्तो सहकार्यले न्यूरो लगायतका जटिल रोग, क्यान्सरको उपचार, अंग प्रत्यारोपण तथा रोबोटिक सर्जरी जस्ता उपचार सेवामा नेपालका बिरामीलाई ठूलो उपचार राहत प्राप्त हुने जनाइएको छ ।
सहकार्यले कोशी र मधेश प्रदेशका बिरामीलाई सवैभन्दा ठूलो राहत हुने न्यूरो अस्पतालले जनाएको छ ।
दुई अस्पतालबीचको सहकार्यकै अवसरमा शनिबार न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले न्यूरोलोजी र पल्मोनोलोजी रोगबारे निःशुल्क ओपीडी (बहिरङ सेवा) शिविर संचालन गरेको छ ।
अमृता हस्पिटलसँगको सहकार्यमा आयोजित शिविरमा ८१ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।
View : 181
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved