Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वसशस्त्र प्रहरीका चार समिति एकै दिन गठन

उद्घोष सम्वाददाता
९ पुष २०८०, सोमवार

सुनसरी । माओवादी द्वन्द्वको चरम अवस्था भएको बेला स्थापित सशस्त्र प्रहरीका भूतपूर्व सुरक्षाकर्मीहरू संगठित हुन थालेका छन् । कोशी प्रदेशमा सशस्त्रका पूर्ववरिष्ठ उपरीक्षक(एसएसपी) हृदयनारायण मण्डलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ ।

सुनसरीको बक्लौरीमा दुई दिन चलेको कोशी प्रदेश, मोरङ, सुनसरी र उदयपुर जिल्लाको प्रथम अधिवेशनले चार वटै समितिलाई वैधानिकता दिएको छ । यसअघिका समितिहरू तदर्थ थिए । प्रदेश समितिको उपाध्यक्षद्वयमा पूर्वसशस्त्र प्रहरी उपरीक्षक अधिवक्ता कमल श्रेष्ठ र पूर्वडीएसपी बलबहादुर मगर, सचिवमा पूर्वएसपी रामकुमार सिंह निर्वाचित भएका छन् ।

सहसचिवमा पूर्वनिरीक्षक कुमार कार्की, कोषाध्यक्षद्वयमा पूर्वनिरीक्षक बुद्धिमान श्रेष्ठ र पूर्वडीएसपी लालकृष्ण ओझा, सदस्यहरूमा रामकुमार बुढाथोकी, प्रेम अधिकारी, तेजबहादुर बुढाथोकी, नरबहादुर सुनारी, दिलिप राई र विकास राई रहेका छन् । सहकोषाध्यक्ष र एक सदस्य पछि थप गरिने अध्यक्ष मण्डलले बताए । 

यस्तै मोरङमा पूर्वअध्यक्ष गोपीकृष्ण ठाकुरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा यज्ञबहादुर थापा, सचिवमा उमेश चौधरी, सहसचिवमा निर्मल अधिकारी, कोषाध्यक्षमा बासु नेपाल, सहकोषाध्यक्षमा शेरबहादुर गुरुङ, सदस्यहरूमा भीम मगर, चन्द्र राई, राजेन्द्र चौधरी, जयबहादुर बस्नेत र कदमलाल चौधरी छन् ।

सुनसरीमा पूर्वएसपी तिलकबहादुर घलेको अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ । उपाध्यक्षमा रामबहादुर कटुवाल, सचिवमा सबुरलाल चौधरी, सहसचिवमा राजेश कार्की, कोषाध्यक्षमा नुनुलाल चौधरी, कोषाध्यक्षमा सागर वाग्ले, सदस्यमा एसएसपी राजेन्द्र शाक्य, विष्णु बस्नेत, पूर्णबहादुर लिम्बु, सन्तोष थापा र पुष्यराज श्रेष्ठ छन् । 

उदयपुरमा वरिष्ठ हवल्दार नवीन बान्तावा राईको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा अमर सशस्त्र प्रहरी परिवारका तर्फबाट सुरक्षाकर्मीका बाबु नारायणप्रसाद पौडेललाई उपाध्यक्ष बनाइएको छ ।

सचिवमा रमेश ढुंगेल, सहसचिवमा राजेश राई, कोषाध्यक्षमा गोविन्द थापा, सहकोषाध्यक्षमा सोभित बोट, सदस्यहरूमा भीम थापा, मदन कार्की, लोकबहादुर बस्नेत, सन्तोष राई र सुवर्णबहादुर बुर्जा मगर छन् । 

पूर्वहवल्दार प्रदीप चौधरीका छोराको क्यान्सर रोगको उपचारमा सहयोग गर्न कार्यक्रममा संकलित २० हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको प्रदेश सचिव सिंहले बताए ।

संगठन नयाँ भएकाले यसलाई व्यवस्थित गर्दै लगेर प्रदेशभरिमा रहेका पूर्वसुरक्षाकर्मीको खोजी गरी उनका परिवारको समस्यामा सहभागिता जनाउने आफूहरूको उद्देश्य गरेको अध्यक्ष मण्डलले बताए ।

View : 133

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved