विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका छन् ।
अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बीमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीसहितको टोलीसमेत लिएर मेयर कोइराला अनुगमनमा गएका थिए ।
मेयर कोइरालाले स्वास्थ्य बीमा सुविधामा उल्लेख भए अनुसारका औषधि पसलमा भए नभएको हेरेका थिए ।
अस्पतालका डाक्टरले स्वास्थ्य बीमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ ।
View : 164
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved