Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

यातायात कार्यालय कोशीमा अनलाइन भुक्तानी सुरु

उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

सुनसरी । कोशी प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सुरु भएको छ । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सोमबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

कोशी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा अनलाइन भुक्तानी सेवा सुरु गर्नेक्रममा सोमबार इटहरीमा रहेको कार्यालयमा सेवा सुरु गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

अनलाइन भुक्तानी सेवा सुरु गरिएपछि सेवाग्राहीलाई घण्टौंसम्म लाइन बसेर भुक्तानी गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त गरिएको भण्डारीले बताए । 

उनले अब कोशी प्रदेशका यातायात कार्यालयमा कोही बिचौलिया नचाहिने र सेवाग्राहीले स्वयम् आफ्नो काम सहज रूपमा गर्न सक्ने दाबी गरे । 

नेपालमा पहिलो पटक कोशी प्रदेशले थालनी गरेको यो अनलाइन भुक्तानी प्रणालीले पारदर्शिता र दक्षता बढाउने अपेक्षा लिएको मन्त्री भण्डारीले दाबी गरे ।

यातायात ब्यवस्था कार्यालय कोशी अन्तर्गत झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर र ओखलढुंगा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ ।

View : 82

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved