Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बालचन्द्र–सरोज प्रतिष्ठानद्वारा दुई विद्यार्थी सम्मानित

उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

विराटनगर । बालचन्द्र सरोज प्रतिष्ठान विराटनगर–१२ ले जनपथ माध्यमिक विद्यालयका दुई जना उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक बालचन्द्र अर्यालले एक कार्यक्रमका बीच विद्यार्थी काजल देव र नारायण मण्डललाई जनही २५–२५ हजार रुपैया“ नगद पुरस्कार प्रदान गरेका हुन् । उनीहरू दुवैले हालै सार्वजनिक भएको एसईईको नतिजामा जनपथ माविबाट उत्कृष्ट जीपीए ल्यार्ई उत्तीर्ण गरेका हुन् ।

प्रतिष्ठानले आगामी पाँच वर्षसम्म हरेक वर्ष विद्यालयका दुई उत्कृष्ट विद्यार्थीलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने गरी विद्यालयस“ग सम्झौता गरेको छ ।

बिहीबार भएको पुरस्कार वितरण कार्यक्रममा जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि पराजुली, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, विराटनगर–११ की सचिव सरस्वती ढकाल, नेपाली कांग्रेस  विराटनगर–११ का सभापति रामसुन्दर राजवंशी, प्रतिष्ठानका उपाध्यक्ष सरोज अज्र्याल,  लगायतको उपस्थिति थियो ।

यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पढाइमा अझ उत्प्रेरणा मिल्ने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

View : 882

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved