गाईघाट । मानव अधिकार एलायन्स उदयपुरको अध्यक्षमा अधिकारकर्मी माधवप्रकाश पराजुली चयन भएका छन् । बुधबार सम्पन्न २२ औं साधारण तथा सातौं जिल्ला अधिवेशनबाट पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको जनाइएको छ ।
एलायन्सको उपाध्यक्षमा तेजबहादुर खड्का, सचिवमा कल्पना राई ढकाल, सहसचिवमा शिवप्रसाद भट्टराई र कोषाध्यक्षमा सानुमाया भण्डारी कार्की चयन भएका हुन् ।
सदस्यहरूमा विनु सुवेदी, वालिका कार्की, राजेश भट्टराई, मदन कुमारी मगर, उमा दियाली र मनिसा विक रहेका छन् ।
बुधबार नै बसेको एलायन्सको पहिलो बैठकले पालिकाहरूबाट जिल्ला कमिटीमा थप सदस्यहरू चयन गर्ने निर्णय गरेको अध्यक्ष पराजुलीले जानकारी दिए । उनले जिल्ला कमिटीको चयन भएसँगै पालिकाहरूमा समेत कमिटीलाई विस्तार गरिने बताए ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved