Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग

उद्‌घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

त्रिवेणी, १२ भदौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ । 

सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ ।

त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित  ५३ हजार र अन्य व्यक्तिबाट सङ्कलन भएको  एक लाख ७ हजार ओली दम्पतीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शक्तिकिरण विसीले जानकारी दिए ।

केही समयअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि बोहराको उपचारका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो । सो रकमबाट पीडितलाई सहयोग पुग्ने अध्यक्ष विसीले बताए ।

बोहराको विगत चार महिनादेखि काठमाडाैँ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

View : 138

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved