Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आंशिक प्राध्यापक संघ मोरङ क्याम्पसमा मेहता

उद्‌घोष संवाददाता
१२ फागुन २०८२, मङ्गलवार

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको आंशिक प्राध्यापक संघ (इकाई समिति) मा रामकुमार मेहताको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

शनिबार सम्पन्न आंशिक प्राध्यापकहरूको भेलाले मेहताको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप प्रसाईं र उपाध्यक्षद्वयमा राजु यादव तथा बिप्रा झा छन् ।  यस्तै, सचिवमा माधव खतिवडा, सहसचिवमा सीमा कर्ण र कोषाध्यक्षमा वन्दना घिमिरे वस्ती छन् ।

सदस्यहरूमा कैलाश कुँवर, अनुराधा दास, पुष्प निरौला र कुमोद चौधरी छन् ।

 आंशिक प्राध्यापक संघका  अध्यक्ष धीराज आचार्यले नवगठित समितिका अध्यक्ष मेहतासहितको  टोलीलाई बधाई ज्ञापन गर्दै आंशिक प्राध्यापकहरूको पेशागत सुरक्षाका लागि अझ प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गरे ।  

उनले नयाँ समितिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महेन्द्र मोरङ क्याम्पसमा हाल १०५ जना आंशिक प्राध्यापकहरू कार्यरत छन् ।

नवगठित समितिले आंशिक प्राध्यापकहरूको हक–हित संरक्षण, पेशागत सुरक्षा तथा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

View : 217

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved